Skip to content
LAXMI SUNRISE BANK

हिँड्दा हिँड्दै सिक्री लुट्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा हिँड्दा हिँड्दै गलामा लगाएको सिक्री लुट्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीको टोलीले ज्वालामुखी गाउँपालिका-४ घर भइ कलंकी बस्दै आएका ३१ वर्षीय दिपेश लम्साललाई पक्राउ गरेको हो ।

उनले साउन ९ गते दिउँसो काठमाडौँ-१४ लामपाटीस्थित सडकमा हिँड्दै गरेकी ७३ वर्षीया रुकमिणी रायमाझिको गलाको सिक्री थुतेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गलाको सिक्री थुतेर उनी फरार भएका थिए । उनले लुटेको सिक्री १ तोला २५.८ लालको भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई सोही दिन ५ बजे पक्राउ गरिएको थियो ।

हाल पक्राउ परेका लम्साललाई चोरीको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK