काठमाडौँ । साउन लागेसँगै नेपाली महिलाहरु हरियो चुरापोते अनि मेहन्दीमा सजिन थालेका छन् । महिलाको श्रृङ्गारमा मेहन्दीको पनि महत्व छ ।
अविवाहितले राम्रो श्रीमान भेटियोस् भनेर अनि विवाहितले पतिपत्नीको प्रेम प्रगाढ होस् भनेर मेहन्दी लगाउने प्रचलन छ । मेहन्दी जति गाढा लाग्छ, उत्ति नै गाढा माया बस्छ भन्ने विश्वास छ । पछिल्लो समय मेहन्दीले फेसनकै स्वरुप लिएको छ । यसका अनेकौँ डिजाइन प्रचलनमा छन् ।
मेहन्दी लगाउने प्रचलन थुप्रै मानिसका लागि आयआर्जनको बाटो पनि बनेको छ । पसलदेखि फुटपाथसम्म मेहेन्दी लगाउने र लगाइदिनेहरु देख्न सकिन्छ । ठाउँ, डिजाइन र गुणस्तर अनुसार यसको मूल्य पनि फरक फरक छ । बाँकी तस्विरमा हेर्नुहोस्ः