काठमाडौँ । फलफूल, तरकारी, खाद्य र मसालाबाली खेती गरेका किसानलाई गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा रु दुई करोडभन्दा बढी अनुदान वितरण गरेको छ ।
कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको म्याग्दी कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको कार्यक्रममार्फत रु दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले विभिन्न १२ अनुदानका कार्यक्रमका लागि रु दुई करोड ४७ लाख ४० हजार विनियोजन भएकामा ८६ प्रतिशत खर्च भएको जानकारी दिएका छन् ।
‘प्रदेश सरकारको कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत आवेदन सङ्कलन, स्थलगत निरीक्षण, मूल्याङ्कन र छनोट भएका समूह, सहकारी तथा फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वनय भएको हो ।’, उनले भने, ‘कार्यक्रमअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराएका छौँ ।’
गत वर्षका योजना तथा कार्यक्रमबाट ८१ वटा मिनीटिलर खरिद, १० कुटानी पिसानी मिल, ८२ थान स्प्रेयर, सातवटा ब्रस कटर, २९ हजार १५० मिटर पाइप, ५३ वटा हिलट्याङक, छ सय मिटर सिँचाइ कुलो निर्माण र १६ सिँचाइ पोखरी निर्माण भएका छन् ।
सबैभन्दा बढी रु एक करोड २० लाख बजेट भएको समुदायस्तरमा खायन आलु प्रवद्र्धन आयोजनामार्फत एक हजार २५० रोपनी क्षेत्रफलमा आलुखेती गरेका सात सय ९३ जना किसान आबद्ध ३० वटा सहकारी र समूहलाई यान्त्रिकीकरण, साना सिँचाइ पूर्वाधार, बीउ, मलका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको छ ।
सुन्तलाजात फलफूल विकास आयोजनामार्फत तीन सय ७० रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण र ४० रोपनीमा सुन्तला बगैँचा विस्तार गरेका ४३ वटा समूह, सहकारी र फार्मले प्रविधि, पूर्वाधार, विषादी र औजार खरिदका लागि रु ४७ लाख १४ हजार अनुदान पाएका छन् ।
तरकारी बाली आयोजनामार्फत रु आठ लाख ६६ हजार, खाद्यान्न बाली प्रवद्र्धन कार्यक्रमबाट रु नौ लाख ९२ हजार, फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रममार्फत रु छ लाख ६३ हजार, फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि रु सात लाख २० हजार र मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धन आयोजनामार्फत रु पाँच लाख ९८ हजार अनुदान वितरण गरिएको छ ।
परम्परागत बालीको प्रशोधन तथा बजारीकरण प्रवद्र्धन कार्यक्रमबाट रु सात लाख ६१ हजार, परम्परागत बाली उत्पादन प्रवद्र्धन कार्यक्रमबाट रु नौ लाख २८ हजार, ग्रामीण पोषण सुरक्षण कार्यक्रममार्फत रु १७ लाख ८६ हजार र जलवायुमैत्री प्रविधि प्रवद्र्धन कार्यक्रममार्फत रु चार लाख ९८ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले सञ्चालन गरेका विभिन्न प्राविधिक तालिममा नौ सय ९९ सहभागी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्