काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले कुल ३० लाख कित्ता सहितको ७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ८ वर्ष अवधिको उक्त ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ ।
जारी गर्न लागिएको कुल कित्ता मध्येबाट १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि छुट्याइएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते सम्म यस ऋण पत्रमा आवेदन दिन सकिनेछ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्