Skip to content
LAXMI SUNRISE BANK

छिट्टै आउँदै नेपाल सेरामिक इन्डस्ट्रीको आईपीओ ! 

अर्थ सरोकार

काठमाडौँ । नेपाल सेरामिक इन्डस्ट्री लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । टायल क्षेत्रमा ब्राण्डका रुपमा स्थापित भएको कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको हो ।  

यो कम्पनीले हाल नेपाली बजारमा ‘नेपोभिट’ ब्राण्डका टायल उत्पादन गर्दै आएको छ । २०७६ असार १९ गते स्थापना भएको यो कम्पनी २०८२ असारमा पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीको फ्याक्ट्री जितपुर सिमराको भवानीपुरमा रहेको छ भने कर्पोरेट कार्यालय अफिस वीरगञ्जमा छ ।

उक्त उद्योग दुईजना उद्यमी (शम्भूनाथ झा र मनोज प्रसाद रौनियार) ले सुरु गरेका थिए । सुरुमा टायल आयात गर्ने उनीहरुले नेपालमा सम्भावना देखेपछि उद्योग नै स्थापना गरेको बताएका छन् ।

सुरुवाती दिनमा सतप्रतिशत कच्चा पदार्थ विदेशबाट आयात गर्ने उक्त कम्पनीले हाल सतप्रतिशत कच्चा पदार्थको स्वदेशमै खोजी गरी टायल उत्पादन गर्दै आएको छ । हाल कम्पनी ‘आफ्नै माटो, आफ्नै सान’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै अघि बढेको कम्पनीका अध्यक्ष शम्भूनाथ झाले बताएका छन् ।  

झाका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा झण्डै पौने दुई अर्बको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीको नाफा उल्लेख्य रहेको झाले बताएका छन् । उनका अनुसार गत असारमा पब्लिक कम्पनीमा रुपान्तरण भएको उक्त कम्पनीले आगामी आर्थिक वर्षमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीको ब्राण्ड एम्बेसडर राजेश हमाल हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK