×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन २१ गतेदेखि सुरु हुँदै ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साउन २१ गतेदेखि सुरु हुँदै ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’

Artha Sarokar

१३ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नाइमाले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।

यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुने ‘मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको जनाएको छ । उक्त एक्सपोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक (कमर्सियल) सवारीसाधन सार्वजनिक गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो र समावेशी अटो प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन् । उनले प्रदर्शनी अवधिभर विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरू सहभागी रहने प्यानल डिस्कसन र ज्ञानमूलक सत्रहरू आयोजना गरिने पनि जानकारी दिएकी छिन् ।

उक्त एक्सपोमा विद्युतीय सवारीसाधन, नयाँ प्रविधि र नवप्रवर्तनमूलक मोबिलिटी समाधानहरू प्रदर्शनीको मुख्य आकर्षण रहने बताइएको छ । एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदर्शनीका प्रमुख प्रायोजक रहेका छन् । राइड सेयरिङ पठाओले एक्स्पो गन्तव्य भृकुटीमण्डपमा आउन-जान प्रयोग हुने राइडमा ३० प्रतिशतसम्म छुट दिने भएको छ भने फ्रन्टलाइन अस्पतालले चौबीसै घण्टा एम्बुलेन्स र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध बताइएको छ ।

एक्स्पोलाई लक्षित गर्दै नाइमाले अनलाइन भिडियो प्रतियोगिता पनि गराउने भएको छ । उक्त प्रतियोगितामा हभागीहरूले नाइमा अटो एक्स्पोसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नेछन् । उत्कृष्ट भिडियो बनाउने एक जनालाई १ लाख, र श्रावण २१ देखि २५ सम्म पोस्ट गरिएका १० उत्कृष्ट भिडियो बनाउनेहरूलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी