काठमाडौँ । नागरिक लगानी कोषको सञ्चालक समितिबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओलाई हटाइने भएको छ । कोषको ऐन संशोधन गर्न विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो ।
यसो त हाल नेप्सेका सिइओ नागरिक लगानी कोषको सञ्चालक रहने व्यवस्था छ । तर, संशोधित विधेयकको मस्यौदामा सञ्चालकबाट नेप्सेका सिइओलाई हटाउने व्यवस्था गरिएको छ । नेप्सेका सिइओबाहेक अन्य सञ्चालकको हकमा भने कुनै फेरबदल गरिने छैन ।
हाल कोषमा सरकारले नियुक्त गरेको विज्ञ व्यक्ति अध्यक्ष रहने व्यवस्था छ । त्यसबाहेक अन्य सञ्चालकमा नेपाल सरकारका सहसचिव, राष्ट्रिय बिमा कम्पनीको प्रशासक, नेप्सेका सिइओ, बैंक वित्तीय वित्तीय संस्थामध्येबाट एक जना, एक जना बैंकिङ तथा पुँजी बजारसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति, सर्वसाधारण सेयर धनीबाट एक जना र कोषका कार्यकारी निर्देशक एक जना रहने व्यवस्था छ ।
त्यस्तै, विधेयकको मस्यौदामा कोषको अधिकृत पुँजी पनि १० अर्ब बनाउने प्रस्ताव गरिएको छ भने कोषको सञ्चालक समितिको अधिकारमा समेत हेरफेर गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्