Skip to content
LAXMI SUNRISE BANK

सोमबार २२.३५ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ३७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ८० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK