Skip to content
LAXMI SUNRISE BANK

टुच्च बढ्यो नेप्से, २१ अर्बमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २१ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबारको बजारमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज बैंकिङ समूह १.३८, विकास बैंक ०. ०८, वित्त २.२६, जलविद्युत् ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त ०.०२ र व्यापार समूह ०.५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ ।

होटल तथा पर्यटन समूह १.२४, जीवन बीमा १.४०, म्युचुअल फन्ड ०.२५, निर्जीवन बीमा १.३७ र अन्य समूह ३.३६ प्रतिशतले बढेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK