काठमाडौँ । कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् । बुधबार नयाँ बानेश्वर कार्यालयमा नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यायाधीकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले आफ्नो उद्देश्य बचतकर्ताको पैसा फिर्ता गराउने भएको बताएका छन् । उनले भने ‘ बचतकर्ताले बचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरुको बचत फिर्ता गराउनु हाम्रो उद्देश्य हो ।’
त्यस्तै, उनले सहकारीले उठाउनुपर्ने कर्जा उठाउनु चुनौतिपूर्ण रहेको समेत बताएका छन् । आफूहरु स्थापनाको चरणमा रहेको र काम छिटै कार्यान्वयन गर्ने उनले बताए ।
‘विभिन्न अदालतमा सहकारीका कर्जासम्बन्धी मुद्दा छन् ति मुद्दाहरु न्यायाधीकरणमा पनि आउँछन् । शुरुमा नै मुद्दाको चाप बढ्ने देखिएको छ ।’ बस्नेतले भने ‘काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भएपनि काम गर्छौँ र बचतकर्ताको पैसा फिर्ता गराउँछौँ ।’
बस्नेतको अध्यक्षमा गठित न्यायाधिकरणको सदस्यहरुमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा सरकारले न्यायाधीकरण गठन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्