काठमाडौँ । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच अलीपे प्लस नेटवर्कबाट नेपालपे क्यूआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ ।
सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत एनआईसी एशिया बैंकले उपलब्ध गराएको नेपालपे क्यूआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको बैंकले जनाएको छ।
उक्त सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
अलीपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायत देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरू आवद्ध छन्। यस सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरूले अलीपे प्लस नेटवर्कमा जोडिएका मुलुकहरूका पर्यटकले नेपालपे क्यूआरमार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन्।
बैंक र एनसीएचएलबीच भएको यस सम्झौताले मुलुकको अन्तरदेशीय क्यूआर भुक्तानीलाई समेत प्रवर्धन गरी नेपालमा आउने पर्यटकहरूका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्