काठमाडौँ । एनआईसी एशिया बैंकले ‘अठोट लोन अगेन्स्ट सेयरको आकर्षक कर्जा’ योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकले ८.१७ प्रतिशत ब्याजदरमै सेयर धितो कर्जा दिने भएको छ । बैंकले प्रतिष्पर्धी ब्याजदर भन्दै ८.१७ प्रतिशत ब्याजदरमै सेयर धितो कर्जा दिने घोषणा गरेको हो ।
बैंकले सेयर धितोमा राखेर बेसरेटमा १ प्रतिशत थप गरेर ऋण दिने घोषणा गरेको छ । हाल बैंकको बेसरेट ७.१७ प्रतिशत छ । सोही बेसरेट १ प्रतिशत थप गरेर बैंकले ८.१७ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने भएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त योजना अन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्दै बैंकले आफ्ना ग्राहकलाई अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयर बजारलाई सम्बोधन गर्नेगरी प्रतिष्पर्धी ब्याजदरमा सेयर कर्जा योजना सार्वजनिक गरेको बताएको छ । बैंकले सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्