काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किए पनि बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको बताएका छन् । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैर बैंकिङ सम्पति बढ्दा पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको बताएका हुन् ।
उनका अनुसार ऋणीहरु कालोसूचीमा पर्ने क्रम समेत बढ्दै गएको छ । उनले भने, ‘बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको छ । यसबाट पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको छ । ऋणीहरु कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ ।’
त्यस्तै, गैरबैंकिङ क्षेत्रको निष्कृय सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने तयारी गरेको पनि उनले जानकारी गराए । कम्पनी स्थापनाका लागि अब कानूनी संरचना तयार गर्ने प्रक्रिया अगाडि बढाइने उनले बताए । ‘गैरबैंकिङ क्षेत्रको निष्कृय सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने तयारी राष्ट्र बैंकले गरेको छ ।’ उनले भने ‘कानूनी संरचना तयार गरी प्रक्रिया अगाडि बढाइने छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्