×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब महानगरभित्र सवारी नियम उल्लंघन गरे ५० हजार जरिवाना !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अब महानगरभित्र सवारी नियम उल्लंघन गरे ५० हजार जरिवाना !

Artha Sarokar

११ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अब काठमाडौं महानगरपालिका क्षेत्रभित्र सवारी नियम उल्लंघन गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐनमा यस्तो व्यवस्था गरेको हो ।

नयाँ आर्थिक ऐनअनुसार सवारी साधनसम्बन्धी पाँच शीर्षकमा छुट्टाछुट्टै जरिवाना तोकिएका छन् । यी जरिवाना संघीय सरकारको यातायात व्यवस्था ऐनबाहेक महानगरले थप गरेको व्यवस्था हो, जसअनुसार अब महानगरले आफ्नै नियमअनुसार पनि कारबाही गर्ने भएको छ ।

तोकिएको स्थानबाहेक अन्य स्थानमा सवारी पार्किङ गरेमा सवारीको प्रकारअनुसार जरिवाना लाग्ने महानगरले जनाएको छ । मोटरसाइकल र स्टकुरको एक हजार रुपैयाँ, कार/जीप/भ्यान साना अन्य चारपाङ्ग्रेको लागि २ हजार ५ सय, मिनीबस/मिनीट्रक अर्थात् मझौला सवारीको ३ हजार ५ सय, बस/ट्रक (ठूला सवारी) को ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

त्यस्तै, सार्वजनिक सवारीले बस बिसौनी वा तोकिएको ठाउँबाहेक अन्यत्रबाट यात्रु चढाए वा ओरालेमा  ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ भने सवारीसाधनले अनावश्यक हर्न बजाएर वा अन्य तरिकाले ध्वनि प्रदूषण गरेमा १ हजार रुपैयाँ जरिवाना हुनेछ ।

मापदण्डभन्दा बढी धुँवा फालेर वायु प्रदूषण गराएमा १ हजार जरिवाना हुनेछ । यसैगरी कुनै सवारी साधन वा व्यक्तिले बाटोमा माटो, बालुवा, हिलो वा अन्य निर्माण सामग्री खसालेर फोहोर गरेमा कसुरको प्रकृति हेरी ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था महानगरले गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी