×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओले गर्यो इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १५ लाख सहयोग, बालबालिकाको उपचारमा सहयोग पुग्ने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पठाओले गर्यो इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १५ लाख सहयोग, बालबालिकाको उपचारमा सहयोग पुग्ने विश्वास

Artha Sarokar

२५ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपालका बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँचमा सुधार ल्याउने कार्यक्रममा सहयोग गर्ने उद्देश्यले किओचलाई सहयोग गरेको पठाओ नेपालको निर्देशक सुरक्षा हमालले बताएकी छिन् ।

पठाओ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । हमालका अनुसार यसका लागि कम्पनीले राइड फर अ कज अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमार्फत यात्रा जम्मा भएको रकम काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच किओचलाई हस्तान्तरण गरिएको हो ।

डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको उक्त अस्पताललाई आर्थिक सहयोग गर्ने उद्देश्यले पठाओ नेपालले गत जेठ २७ गतेदेखि यही असार २ गतेसम्म राइड फर अ कज अभियान सञ्चालन गरेको थियो । उक्त सहयोगले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको उपचारमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

पठाओले प्रविधि, सञ्जालको प्रयोग गरी किओचको उक्त सामाजिक अभियानमा सहयोग गरेको जनाएको छ । यस सहयोगले बालस्वास्थ्य, जनचेतना र दीर्घकालीन सहकार्य हुनेमा कम्पनीको विश्वास छ ।

कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पठाओले विगतदेखि नै सकारात्मक परिवर्तन र समुदायको समग्र हितको पक्षमा उभिँदै आएको छ । डा कोइरालाले काठमाडौँसहित सातवटै प्रदेशमा बाल अस्पताल निमर्माणको अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी