काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आह्वानमा श्रमिक संघ संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौँको रत्नपार्कमा श्रमिक संघ, संगठनहरुले न्यूनतम पारिश्रमीक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ । साथै ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमीक सुनिश्चित गर्न, त्रिपक्षीय सहमतिमा पारिश्रमीक निर्धारण गर्न, श्रम कानून कागजमा नभइ व्यवहारमा लागू गर्न, सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचिकरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगत सिम्खडाले संविधानप्रदत्त श्रम ऐन बनिसकेपछि श्रम ऐनको दफा ११ मा श्रमिकको प्रत्येक दुई वर्षमा तलब भत्ता वृद्धि गर्ने भन्ने रहेको तर अहिलेसम्म हुन नसकेको बताएका छन् ।
त्यस्तै, श्रमीकहरु महंगीको चपेटामा परेको बताए । उनले तलब भत्ता वृद्धि हुनुपर्ने समय सापेक्षता अनुुसार नभएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्