×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्ती हाईड्रोको बिक्री नभएको ७ लाख कित्ता हकप्रद सेयर पुन: बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राप्ती हाईड्रोको बिक्री नभएको ७ लाख कित्ता हकप्रद सेयर पुन: बिक्रीमा

Artha Sarokar

१३ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद सेयर आज(मंगलबार)देखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा रहेको छ । उक्त बोलपत्रमा लगानीतकर्ताले साउन २० गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

न्युनतम १०० रुपैयाँ अंकित मूल्यमा सेयर खरिदका लागि सबै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । गत असार १ देखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । कुल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता रहेको छ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु विराटनगर, विरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर र विर्तामोड बाट आवेदन पेश गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी