Skip to content
LAXMI SUNRISE BANK

ग्रिस पठाउने भन्दै २ लाख ४० हजार ठग्ने सापकोटा पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रिस पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर ग्रिस पठाउने भन्दै २ लाख ४० हजार ठगी गर्ने २९ वर्षीय सुदिप सापकोटा पक्राउ परेका हुन् ।

सापकोटालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले साउन ३ गते काठमाडौँ महानगरपालिका वडा नं.  १५ बाट पक्राउ गरेको हो । उनको स्थाई ठेगाना धादिङ जिल्ला नेत्रावती गाउँपालिका वडा नं. ०५  हो भने हाल उनी भक्तपुर मध्यपुर ठिमीमा बस्दै आएका थिए ।

पीडितले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK