×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘फेक कागज’ बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेको आरोपमा शरद ओझा निलम्बनमा, ‘अव मिडियामै फर्कन्छन्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘फेक कागज’ बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेको आरोपमा शरद ओझा निलम्बनमा, ‘अव मिडियामै फर्कन्छन्’

Artha Sarokar

३० असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । ‘फेक कागज’ बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेको आरोप लागेपछि योग्यताको विषयमा छानबिन गर्न मन्त्री परिषदको सोमबारको बैठकले छानबिन समिति गठन गरेलगत्तै ओझा निलम्बनमा परेका हुन् । ओझाको योग्यता सम्बन्धि विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ ।

उनीविरुद्ध बीमा ऐन २०७९ अनुसारको योग्यता नपुगेपनि झूठो प्रमाण पेश गरेर नियुक्ति लिएको आरोप छ । बीमा ऐनको दफा १२ को उपदफा ३ बमोजिम अध्यक्ष वा कुनै सदस्यको हकमा सरकारले छानविन समिति गठन भएपछि छानविनको अवधि समाप्त नभएसम्मका लागि त्यस्तो व्यक्ति स्वतः निलम्बन हुने प्रावधान छ । उनीविरुद्ध बढीमा ३ महिना लगाएर छानविन हुनेछ ।

बीमा ऐन २०७९ मा बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधी हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्ति प्राधिकरणको अध्यक्ष नियुक्त हुन योग्य हुने प्रावधान छ । उनले सम्बन्धित क्षेत्र भनेको आफुले काम गरेको पत्रकारिता क्षेत्र हो भन्ने व्याख्यासहितको विवरण बुझाएर अध्यक्षको नियुक्ति लिएका थिए ।

ऐनको प्रावधान अनुसार  उच्च व्यवस्थापकीय क्षेत्रमा काम गरेको कम्तीमा ५ बर्षको अनुभव हुनुपर्ने भए पनि उनले भने आफु मिडिया हाउसको प्रबन्धक भएको भनी सोहि अनुभवलाई देखाएका थिए ।

यता उनी यस विषयमा दोषी भए अन्य नियुक्तिको पनि बाटो बन्द हुनेछ भने उनीविरुद्ध थप केहि मुद्धाहरु पनि पर्ने स्थिति आउन सक्छ । यस्तो भएमा उनी पुन: मिडियामा फर्कने उनी निकटहरु बताउँछन् । ‘सफाई पाए शरद प्राधिकरण नै फर्किन्छ, दोषी ठहर भए उनी पाउनुपर्ने सजाय पाएर मिडिया खोल्ने प्लानमा छन् ।’ उनी निकट स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘मान्छे शरद सार्है राम्रो हो । पण्डितको छोरो, मनमा पाप पनि थिएन । तर व्यवसायीहरुले फसाए ।’

यस विषयमा सम्पर्क गर्न खोज्दा उनको फोन अफ छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी