काठमाडौँ । साउन महिना आउन थालेसँगै बजारमा चहलपहल बढेको छ । साउनमा महिलाहरुले हरियो चुरा, पोते, मेहन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको हो ।
खासगरी असन-इन्द्रचोक क्षेत्रमा चुरापोतेको बढी किनबेच हुन्छ । पर्याप्त विकल्प हुने भएकोले धेरैजसो ग्राहक त्यही पुग्छन् । असार महिनामै व्यापारीहरुले साउनका लागि सामान ल्याइसकेका थिए । असार अन्तिमदेखि नै महिलाहरुले साउनको किनमेल गर्न थाल्छन् ।
साउनपछि महिलाहरुको ठूलो चाड तीज आउने भएकाले चुरापोतेको व्यापार एक-दुई महिना चल्ने व्यापारीहरु बताउँछन् । आर्थिक मन्दीको असरमा कारण सोचेजस्तो व्यापार भने नभएको उनीहरुको भनाइ छ । बाँकी तस्विरमा हेर्नुहोस्ः