×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ सिइओको नेतृत्वपछि सिन्धु बिकास बैंकको नाफामा उछाल, खराब कर्जा ह्वात्तै घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नयाँ सिइओको नेतृत्वपछि सिन्धु बिकास बैंकको नाफामा उछाल, खराब कर्जा ह्वात्तै घट्यो

Artha Sarokar

६ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिन्धु विकास बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा बैंकले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खराब कर्जा घटेपछि इम्पेयरमेन्ट चार्ज घट्दा गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको खुद नाफा उल्लेख्य बढेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३४.५३ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ४१७.३९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेपछि बैंकको इम्पेयरमेन्ट चार्ज १७ करोड ९० लाख रुपैयाँमा झरेको छ । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ६९ पैसाले बढेर २१ रुपैयाँ १५ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ७० पैसा छ भने मूल्य आम्दानी अुनपात ४०.९९ गुणा रहेको छ । ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी