काठमाडौँ । मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ ।
हाल नेपाल सरकारले विपत् ग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्याउन सो आयोजनाको महत्वपूर्ण भूमिका रहेको महसुस गरिएको छ । तर, एक वर्षअघि नै सो आयोजनाको सुरुङ ब्रेक-थ्रु गरिए पनि पटेल-रमण (संयुक्त) निर्माण कम्पनीले बाँध निर्माणको काम प्रभावकारी रूपमा गरेको देखिएको छैन ।
१४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा यो बाँध निर्माणको ठेक्का लिएको सो निर्माण कम्पनीले बाँध निर्माण सुरु भएको ३० महिनामा ७ प्रतिशत मात्र काम गरेको छ ।
सो आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालिने छ भने त्यहाँबाट मरिन नदी हुँदै बागमती ब्यारेकबाट तराई मधेशका खेतहरुमा सिँचाइ गरिनेछ । हालसम्म सो आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । २०८४ असोज सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

(तस्विरः नेपाल फोटो लाइब्रेरी)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्