काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका कर्मचारी उग्र आन्दोलनमा उत्रिएका छन् । तलब, भत्ता, बढुवा, कार्यालय लगायत विभिन्न विषयमा असन्तुष्टि व्यक्त गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । लघुवित्तका कर्मचारीहरुले आज (साउन ६ गते) देखि लघुवित्तका सम्पूर्ण शाखा कार्यालय बन्द गरेर आन्दोलन सुरु गर्न लागेको लघुवित्तका आन्दोलनरत कर्मचारीले बताएका छन् ।
आन्दोलनरत कर्मचारीका अनुसार यो आन्दोलन संस्थाले कर्मचारीमा गरेको विभेदपूर्ण व्यवहार, काममा अनावश्यक पेलान, मानसिक दबाब तथा श्रम शोषणविरुद्ध सुरु गरिएको हो ।
यसो त श्रम ऐन अनुसार कर्मचारीलाई दैनिक ८ घण्टा मात्र काममा लगाउन पाइने व्यवस्था छ । तर, लघुवित्तले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म आफूहरुलाई काममा लगाएको र अधिक काम गरेबापत अतिरिक्त तलब भुक्तानी गर्नुको साटो सिस्टममा छेडखानी गरेर बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मात्रै काम गरेको देखिने बनाएर श्रम शोषण गरेको कर्मचारीहरुको आरोप छ ।
यसरी कर्मचारीहरुलाई प्रोत्साहन गर्नुको साटो लघुवित्तले उल्टै कर्मचारीलाई डिप्रेसनमा पुर्याएको भन्दै कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । शाखा कार्यालयहरु बन्द गरेर आन्दोलनको घोषणा गरेका लघुवित्तका कर्मचारीले लघुवित्तको व्यवस्थापन तथा सञ्चालन समितिसँग विभिन्न माग राखेका छन् । सो मागहरु पूरा नहुन्जेल आन्दोलन गर्ने र माग सम्बोधन गर्न चासो नदेखाए सशक्त आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी समेत दिएका छन् । यस्ता छन् कर्मचारीहरुको मागः