काठमाडौँ । नेपालबाट विदेश जाने महिलाको संख्या बढेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८१ ८२ मा नेपालबाट रोजगारीका लागि विदेश जाने महिलाको संख्या ११ प्रतिशतले बढेको हो ।
महानिर्देशक भट्टराईका अनुसार विदेश जाने महिलाको संख्या आर्थिक वर्ष २०७७/७८ मा ६.८७ प्रतिशत, २०७८/७९ मा ७.७९ प्रतिशत, २०७९/८० मा ९.३५ प्रतिशत र २०८०/८१ मा ११ प्रतिशत भन्दा बढी छ ।
महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको भन्दै कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि अवैधानिक बाटोबाट जाने गरेको बताएका छन् । उनले वैधानिक रुपबाट वैदेशिक रोजगारीमा जानेहरु विभिन्न शोषण र समस्यामा पर्ने गरेको बताएका छन् ।
त्यस्तै, पछिल्लो समयमा संस्थागत रुपले जाने भन्दा व्यक्तिगत रुपमा जाने दर बढिरहेको भन्दै भट्टराईले संस्थागत भन्दा व्यक्तिगत रुपमा जाने श्रमिकहरू बढी ठगिरहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्