Skip to content
LAXMI SUNRISE BANK

कुखुराको अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

अर्थ सरोकार

काठमाडौँ । कुखुराको अण्डाको मूल्य बढ्ने भएको छ । अत्याधिक गर्मीका कारण अण्डाको उत्पादन घटेपछि मूल्य नेपाल लेयर्स कुखुरा संघले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

संघका अनुसार अण्डामा बढेको मूल्य मंगलबार (साउनगते) देखि लागू हुनेछ । 

संघले अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाउने निर्णय गरेको छ । योसँगै अब बजारमा मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४ सय ९५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ र एक्स-एल अण्डा प्रतिक्रेट ५ सय ४० रुपैयाँ पर्ने भएको छ । 

यो किसानले पाउने मूल्य हो । उपभोक्ता बजारमा यो मूल्य अझै महँगो पर्नेछ । ढुवानी, कार्टुन र क्रेटसहित अण्डाको मूल्यमा प्रतिक्रेट १ सय ३० रुपैयाँ थप हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK