काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने लगायत माग राख्दै व्यवसायी आन्दोलित भएपछि असार १९ देखि सुनको मूल्य निर्धारण गरिएको थिएन । आज शुक्रबार भने महासंघले सुनको मूल्य निर्धारण गरेको हो ।
सरकारसँग ६ बुँदे सहमति गरेसँगै सुनको मूल्य निर्धारण गरिएको हो भने व्यवसायीले आन्दोलन स्थगित गर्दै देशभर पसल संचालन समेत गरेका छन् ।
जसअनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । असार १९ गते एक लाख ९२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३०० रुपैयाँले घटेर एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला २२२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६४ हजार ४ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १९०३.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्