काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि पेसामा संलग्न गराउनु पर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एक महिने बृहत् रक्तदान अभियानको बिहिबार शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
खिर खाने कार्यक्रममा समेत सहभागी भइ उनले कृषि क्षेत्रको रूपान्तरण गर्न नसकेमा देशको विकास हुन नसक्ने बताएका छन् । ‘जमिन बाँझै रहने, युवा रोजगारीको खोजीमा विदेश जाने अवस्थालाई बदल्ने संकल्प हामीले गर्नुपर्दछ, नेपालमा ठुलो सङ्ख्यामा युवालाई रोजगारीमा समेट्ने कृषि क्षेत्र नै हो’, उनले भने ।
महासचिव पोखरेलले कृषि पेसालाई व्यावसायिक रुपमा विस्तार गर्न नसक्दा नयाँ पुस्ता कृषि कर्ममा जोडिन नसकेको बताए । त्यसैले अब नयाँ पुस्तालाई कृषिमा संलग्न गराउने विषय युवा आन्दोलनको साझा विषय बन्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेवेले युवालाई कृषिमा संलग्न गराउन संघले योजना बनाएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्