काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठग्ने तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ३१ वर्षीय अशोक मोक्तान, ३२ वर्षीय टेक बहादुर घर्ति मगर र ४५ वर्षीय बिमल आले रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये मोक्तानले युएई पठाउने भन्दै १ जनाबाट ११ लाख ४० हजार रुपैयाँ, मगरले मलेसिया पठाउने भन्दै २ लाख ८ हजार रुपैयाँ र आलेले सर्बिया पठाउने भन्दै १२ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका थिए । पीडितहरुले आफु ठगिएको भन्ने थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए । सोहि उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्