काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यक्तिको खातमा पैसा हाल्न सक्नुपर्ने बताएका छन् । काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको ‘वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् ।
अन्तरक्रियामा उनले विकसित मुलुकहरुमा देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यक्तिको खातामा पैसा पठाइदिने गरेको उदाहरण प्रस्तुत गरेका छन् ।
सरकारले खर्च गर्ने व्यक्तिको खातामा पैसा हाल्न सके सो रकम बजारमै खर्च हुने भएकाले अर्थतन्त्र चलायमान हुने नेपालको भनाई थियो । यद्यपि नेपालमा यस्तो अभ्यास कहिल्यै नभएको पनि पूर्व गभर्नर नेपालले बताएका छन् ।
त्यस्तै, उनले हाल बजारमा ठूलो तरलता थुप्रिएको भन्दै बजारमा पैसा थुप्रिनु सकारात्मक नभएको बताएका छन् । अर्कोतर्फ हाल सरकारको वित्त नीति र राष्ट्र बैंकको खुकुलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको नेपालको भनाई छ । तर, खुकुलो मौद्रिक नीतिका कारण जोखिम पनि रहने नेपालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्