×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रम्पको कर आतंकः लगानीकर्ता सतर्क हुँदा जापानको सेयर बजार घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ट्रम्पको कर आतंकः लगानीकर्ता सतर्क हुँदा जापानको सेयर बजार घट्यो

Artha Sarokar

२४ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय भन्सार शुल्क पठाउने बताएका कारण लगानीकर्ताहरू सतर्क रहँदा टोकियोको सेयर बजार ओरालो लागेको छ ।

जापानको मुख्य सेयर सूचकांक २२३.२० अङ्कले घटेर ३९ हजार ५८७.६८ मा बन्द भएको छ । यो अघिल्लो शुक्रबारको तुलनामा करिब ०.५६ प्रतिशतको गिरावट हो ।

त्यस्तै, अर्को महत्त्वपूर्ण सूचक ‘टोपिक्स’ पनि १६.२३ अंकले घटेर २८११.७२ मा पुगेको छ, जुन ०.५७ प्रतिशतको गिरावट हो ।

बजारमा लगानीकर्ताहरूले सक्रिय रूपमा कारोबार गर्न नचाहेको देखिएको छ । किनभने ट्रम्पले पठाउने भनिएको भन्सार शुल्कको पत्र जापानलाई पनि लागू हुन्छ कि हुँदैन भन्ने विषयमा अनिश्चितता रहेको छ । अहिले चलिरहेको आपसी भन्सार सहमतिको अवधि जुलाई ९ मा सकिँदैछ, जसले थप अन्योलता सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार झन्डै १२ देशलाई पठाइने पत्रहरूमा अमेरिका आयात हुने वस्तुहरूमा लाग्ने नयाँ भन्सार शुल्क उल्लेख गरिएको जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी