×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी भन्सार नीतिले विश्वव्यापी अनिश्चिततालाई बढावा दिने चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमेरिकी भन्सार नीतिले विश्वव्यापी अनिश्चिततालाई बढावा दिने चेतावनी

Artha Sarokar

२५ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संयुक्त राष्ट्र संघका एक अग्रणी अर्थशास्त्रीले जुलाई ९ देखि अगस्ट १ सम्म पारस्परिक भन्सार विराम बढाउने अमेरिकी निर्णयले अनिश्चितताको अवधिलाई लम्ब्याएको बताएका छन् । 

दीर्घकालीन लगानी र व्यापार सम्झौताहरूलाई कमजोर बनाएको र थप अनिश्चितता र अस्थिरता सिर्जना गरेको बताएका हुन् । 

अन्तराष्ट्रिय व्यापार केन्द्रका कार्यकारी निर्देशक पामेला कोक-ह्यामिल्टनले एक पत्रकार सम्मेलनमा लामो समयसम्मको अनिश्चितताले विशेष गरी विश्वका कम विकसित देशहरूका लागि नराम्रो परिणामहरू निम्त्याइरहेको बताएका छन् ।

यो कदमले वास्तवमा अनिश्चितताको अवधिलाई विस्तार गर्ने र दीर्घकालीन लगानी र व्यापार सम्झौताहरूलाई कमजोर बनाउने उनले उल्लेख गरेका छन् । उच्चतम् पारस्परिक शुल्कको सामना गर्ने देशहरू पनि सबैभन्दा कम विकसित छन् । लेसोथो, लाओस, मेडागास्कर र म्यानमारले ४० देखि ५० प्रतिशत बीचको दरको सामना गरिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी