Skip to content
LAXMI SUNRISE BANK

बुल्गेरिया पठाउने भन्दै साढे ६ लाख ठग्ने महिला पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बुल्गेरिया पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा बुल्गेरिया पठाउने भन्दै ठगी गरेको आरोपमा ५१ वर्षीय कमला कुमारी के. सी पक्राउ परेकी हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सुर्यविनायक नगरपालिका वडा नं.  ०३ बालकोटबाट पक्राउ गरेको हो ।

उनले दुई जनालाई बुल्गेरिया पठाउने भन्दै ६ लाख ६५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिईन् । पीडितले दिएको उजुरीका आधारमा उनको खोजतलास गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी केसीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगारी विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK