×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युवराज सफलले दिए प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध उजुरी, प्रहरी भन्छ- ‘आधिकारिक दर्ता हुँदैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युवराज सफलले दिए प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध उजुरी, प्रहरी भन्छ- ‘आधिकारिक दर्ता हुँदैन’

Artha Sarokar

१४ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । युवराज पौडेल (सफल) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उजुरी दिएका छन् । उनले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत प्रधानमन्त्रीविरुद्ध उजुरी दिएका हुन् । 

उजुरीमा युवराजले प्रधानमन्त्रीले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोप लगाएका छन् । 

उनले उजुरीमा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक लगायत पूर्वगृहमन्त्री गरी १६ जनाको नाम पनि उल्लेख गरेका छन् । प्रधानमन्त्रीसँगै उनीहरुले पनि शक्तिको दुरुपयोग गरेको सफलले उजुरीमा आरोप लगाएका छन् । 

उजुरीमा सफलले उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्याललाई पनि पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । यता प्रधानमन्त्रीसहित १६ जनाविरुद्ध उजुरी आए पनि आधिकारिक दर्ता हुन नसक्ने प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी