×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन् २०३० सम्म वार्षिक १६ लाख पर्यटक नेपाल भित्रिने प्रक्षेपण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सन् २०३० सम्म वार्षिक १६ लाख पर्यटक नेपाल भित्रिने प्रक्षेपण

Artha Sarokar

१८ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो सयम पर्यटकहरुको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाखको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको छ । उनीहरुका अनुसार हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको संख्यामा भारी रुपमा वृद्धि हुनेछ । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार अहिले पर्यटक आवागमनको क्रमलाई हेर्दा सन् २०२५ को जुलाईमा मात्रै ७० हजार भन्दा बढी पर्यटक आवागमन भएको छ ।

सन् २०२४ को जुलाईसम्ममा भएको पर्यटक आगमनको आँकडा हेर्दा सन् २०२५ मा करिब १२ लाख पर्यटक आगमन हुनेछ । यसो त नेपाल एयरलाइन्स बाहेक अन्य हवाई उडान सेवा प्रदायकको उडानका कारण पर्यटकको संख्या पनि बढ्ने हुन्छ । तर, नेपाल एयरलाइन्सको गन्तव्यमा बढाउनैपर्छ । 

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुलाईमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् । जुलाईमा कुल आवागमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना, बंगलादेशबाट ४ हजार ४ सय १३ जना  र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन् । 

त्यस्तै, भारत, चीन, श्रीलंकादेखि अमेरिकनहरु नेपाल घुम्न आउनेक्रम ह्वात्तै बढेको छ । यसले पर्यटन क्षेत्रलाई राम्रो फाइदा पुर्याएको छ भने अर्बौं लगानीमा खुलेका होटलहरु समेत चलायमान हुन पाएका छन् । पर्यटक आउनेक्रम बढ्दा मुुलुकलाई भित्रने विदेशी मुद्रामा समेत वृद्धि हुने गरेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी