×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मदिरा सेवनबाट कुवेतमा तीन दिनमा ९ नेपालीको मृत्यु ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मदिरा सेवनबाट कुवेतमा तीन दिनमा ९ नेपालीको मृत्यु ! 

Artha Sarokar

३० श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुवेतमा मदिरा सेवनका कारण तीन दिनमा ९ नेपालीको मृत्यु भएको छ । मेथानोल नामक विषाक्त मदिरा सेवनका कारण कुवेतमा पछिल्लो तीन दिनमा ९ नेपालीको मृत्यु भएको हो ।

९ जना नेपालीको मृत्यु भइसकेको कुवेतस्थित नेपाली राजदुतावासले जनाएको छ । दुतावासका अनुसार अझै पनि केही नेपाली उपचारकै क्रममा छन् भने केहीलाई डिस्चार्ज गरिएको छ । मृत्यु भइसकेकाहरुको भने थप विवरण संकलन गर्ने काम भइरहेको दुतावासले जनाएको छ ।

केही समयअघि कुवेतको स्वास्थ्य मन्त्रालयले मेथानोल मदिरा सेवनका कारण बिरामी पर्नेहरु बढेको उल्लेख गरेको थियो । मृत्यु भएका नेपालीहरुले पनि सोही मदिरा सेवन गरिएको बताइएको छ । 

यद्यपि मेडिकल रिपोर्ट आउने भने बाँकी छ । मन्त्रालयका अनुसार ९ जना नेपालीसहित कुवेतमा एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको छ । हाल सो मदिरा सेवनपछि बिरामी भएका १ सय ६० जना भन्दा बढीको उपचार भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी