काठमाडौँ । अष्ट्रेलियाले मृत्यु कर लगाउने तयारी गरेको छ । ४६ वर्षअघि खारेज गरिएको उक्त कानून पुनः ब्युँताएर मृत्यु कर लगाउने तयारी गरिएको हो ।
यसो छ यसअघि अष्ट्रेलियामा व्यक्तिको मृत्युपछि उनको सम्पत्तिमा कर तिर्नुपर्ने कानून थियो । तर, सन् १९७९ मा सबै प्रकारका मृत्यु कर खारेज गरिएको थियो । हाल पुनः मृत्यु करको कानून ल्याउने तयारी अष्ट्रेलिया सरकारले गरेको छ ।
मृत्यु कर जुन व्यक्तिको मृत्यु हुन्छ, उसको सम्पत्तिमा लगाइने गरिन्छ । यस्तो कर व्यक्तिको मृत्युपछि सम्पत्ति पाउने उत्तराधिकारीले तिर्नुपर्छ । यो कर लागू भए देशभित्रको असमानता कम गर्न मद्दत पुग्ने बताइएको छ । तर, व्यवसाय छोडेका सम्पत्ति बाँडेका परिवार भने प्रभावित हुन सक्ने पनि विश्लेषण गरिएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अष्ट्रेलियाले यो करमार्फत ७० अर्ब डलर राजस्व उठाउने लक्ष्य राखेको छ ।