×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिहा भएपछि दुर्गा प्रसाईंले भने- ‘जेल भनेको युनिभर्सिटी हो, धेरै सिकियो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रिहा भएपछि दुर्गा प्रसाईंले भने- ‘जेल भनेको युनिभर्सिटी हो, धेरै सिकियो’

Artha Sarokar

२० श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले जेल (कारागार) युनिभर्सिटी भएको बताएका छन् । सोमबार राती अदालतको आदेश अनुसार धरौटीमा रिहा भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।

‘जेल युनिभर्सिटीजस्तो रहेछ । म जस्तो मान्छे जेल जानु पनि पर्ने रहेछ ।’, उनले भने, ‘जेलमा बस्दा धेरै कुरा सिक्न पाएँ । जेल भनेको अनुसाशन पनि रहेछ ।’

ृतीनकुने घटना प्रकरणमा पक्राउ परेका प्रसाईंलाई पाटन उच्च अदालतको आदेशपछि रिहा गरिएको हो । उनीसँग उच्च अदालतले दुई वटा मुद्दामा २८ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

उच्च अदालतले प्रसाईंलाई तीनकुने घटनाका सम्बन्धमा रु तीन लाख र बैंकिङ कसुर मुद्दामा रु २५ लाख धरौटी माग गरेको थियो । अदालती प्रक्रिया पूरा भएपछि कारागारले सोमबार राति प्रसाईलाई रिहा गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी