×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाइमा अटो शो हेर्न जाँदै हुनुहुन्छ ? भएकै गाडी स्क्र्याच होला है !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाइमा अटो शो हेर्न जाँदै हुनुहुन्छ ? भएकै गाडी स्क्र्याच होला है !

Artha Sarokar

२२ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साउन २१ गते (बुधबार) देखि काठमाडौँको भृकुटिमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । हालै गठन भएको नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्‌याक्चर्स एशोसिएसन (नाइमा)ले उक्त एक्स्पोको आयोजना गरेको हो ।

तर, भव्य रुपमा अर्थमन्त्रीमार्फत उद्‌घाटन गरिएको एक्स्पोको व्यवस्थापन भने साह्रै झुर देखिएको छ । 

एक्स्पो हेर्न आउनेहरुलाई न राम्रो पार्किङको व्यवस्था गरिएको छ, न त राम्रो शौचालयको नै सुविधा छ । बरु एक्स्पो भित्रको व्यवस्थापन पनि अस्तव्यस्त हुँदा एक्स्पो अवलोकन गर्न पुग्नेहरुले ठूलो सास्ती खेपिरहनुपरेको छ । 

एक्स्पोमा सबैभन्दा झुर पार्किङ छ । पार्किङ काठमाडौँ फनपार्कको छेवैमा बनाइएको छ । पार्किङ स्थल साँघुरोसँगै अव्यवस्थित पनि छ । घाँसे मैदान फाँडेर बनाइएको पार्किङ स्थलमा खाल्डाखुल्डी धेरै छन् । त्यसैमाथि घाँस र बुट्यान राम्रोसँग सफा नगर्दा पार्किङमा ठूलो सास्ती झेल्नुपर्ने अवस्था छ । 

दैनिक हजारौँले अवलोकन गर्ने भनिएको नाइमा मोबिलिटी एक्स्पोको पार्किङमा मुस्किलले १५-२० वटा गाडी अटाउँछन् । तर, ठाउँ यति साँघुरो छ कि सवारी साधन पार्किङ गर्न र झिक्न ठूलै जोखिम मोल्नुपर्छ । अझ पार्किङ सिसिटिभी समेत राखिएको छैन । त्यसले कसैले पार्किङ गर्दा वा झिक्दा ठोक्कियो वा गाडीमा क्षति भए पनि कसले गर्यो ? वा कसरी भयो ? भन्ने हेर्न मिल्दैन । नाइमाको अटो शो हेर्न जानेले पार्किङमा ठूलो सास्ती र जोखिम मोल्नुपर्छ । 

अर्कोतर्फ प्रदर्शनीस्थल अगाडि रहेको नेपाल पुलिस क्लब पनि एक्स्पोका आयोजकका गाडीले भरिएको छ । तामझामका साथ सुरु भएको एक्स्पोमा अव्यवस्थित पार्किङको समस्याले अवलोकनकर्ता हैरानीमा परेका छन् ।

साउन २१ गतेदेखि सुरु भएको एक्स्पो साउन २५ गतेसम्म चल्नेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी रहेको बताइएको छ । एक्स्पोमा ३५ वटा नयाँ सवारिसाधन पनि प्रदर्शनमा राखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी