Skip to content
LAXMI SUNRISE BANK

बैंकका कर्मचारीको तलब बढ्यो, सबैभन्दा धेरै लक्ष्मी सनराइजले बढायो, एनआईसी एशियाको घट्यो

अर्थ सरोकार

काठमाडौँ । बैंकका कर्मचारीहरुको तलब बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकका कर्मचारीहरुको तलब ७.३९ प्रतिशतले बढेको हो । 

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कर्मचारीको तलब ४ अर्ब १३ करोड २९ लाख रुपैयाँ बढाएर ६० अर्ब ३ करोड रुपैयाँ भुक्तानी गरेको छन् । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कर्मचारीलाई तलबबापत ५५ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेका थिए । 

गत आर्थिक वर्षमा २० वाणिज्य बैंकमध्ये कर्मचारीको तलब सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ७८ करोड २ लाख रुपैयाँ तलब भुक्तानी गरेको लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षमा भने कर्मचारीको तलबबापत ४ अर्ब ८० करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २७.१० प्रतिशत धेरै हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा हिमालयन बैंकले २१.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले १३.७६ प्रतिशत, प्राइम बैंकले १३.१४ प्रतिशत र एनएमबि बैंकले कर्मचारीको तलब १२.२२ प्रतिशतले बढाएको छ । 

त्यस्तै, नबिल बैंकले १०.९४ प्रतिशत, सिद्धार्थ बैंकले ९.६२ प्रतिशत, सिटिजन्स बैंकले ७.३४ प्रतिशत, सानिमा बैंकले ६.६९ प्रतिशत, नेपाल एसबिआई बैंकले ६.२३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.०४ प्रतिशत, एभरेष्ट बैंकले ५.५२ प्रतिशत, ग्लोबल आइएमई बैंकले २.९७ प्रतिशतल नेपाल बैंकले २.२९ प्रतिशत बढेर, राष्ट्रिय वाणिज्य बैंकले २.०२ प्रतिशतले कर्मचारीको तलब बढाएका छन् ।

यसअवधिमा एनआईसी एशिया बैंक, कुमारी बैंक, प्रभु बैंकस्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि कर्मचारीको तलब क्रमशः ९.७२ प्रतिशत, २.७३ प्रतिशत, १.६३ प्रतिशत र १.२२ प्रतिशतले घटाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK