काठमाडौँ । ‘घुस डिल’ प्रकरणमा मुछिएका दुई जनालाई एमालेले निलम्बन गरेको छ । तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको भनिएका सुजन लामा र निजामती कर्मचारी के गिरीलाई पार्टीको गण्डकी प्रदेश कमिटीले पार्टी सदस्यबाट निलम्बन गरेको हो ।
उनीहरुमाथि पोखराको १३५ रोपनी लिची बगैँचा हडप्न मन्त्रीसँग घुस डिल गरेको आरोप लागेको छ ।
एमाले गण्डकी प्रदेश कमिटीका अनुसार लामालाई घुस डिल गरेको र गिरीलाई आर्थिक कारोबारमा दोषी देखिएको भन्दै निलम्बन गरिएको हो । सोही प्रकरणमा नाम मुछिएका खेम पुनलाई भने निलम्बन गरिएको छैन ।
यसो त घुस डिल प्रकरणमा नाम मुछिएपछि पार्टीले लामालाई स्पष्टिकरणसमेत सोधेको थियो । तर, जवाफ चित्त बुझ्दो नभएपछि निलम्बन गरिएको पार्टीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्