Skip to content
LAXMI SUNRISE BANK

घुस डिल प्रकरणः एमालेबाट दुईजना निलम्बन

अर्थ सरोकार

काठमाडौँ । ‘घुस डिल’ प्रकरणमा मुछिएका दुई जनालाई एमालेले निलम्बन गरेको छ । तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको भनिएका सुजन लामा र निजामती कर्मचारी के गिरीलाई पार्टीको गण्डकी प्रदेश कमिटीले पार्टी सदस्यबाट निलम्बन गरेको हो । 

उनीहरुमाथि पोखराको १३५ रोपनी लिची बगैँचा हडप्न मन्त्रीसँग घुस डिल गरेको आरोप लागेको छ । 

एमाले गण्डकी प्रदेश कमिटीका अनुसार लामालाई घुस डिल गरेको र गिरीलाई आर्थिक कारोबारमा दोषी देखिएको भन्दै निलम्बन गरिएको हो । सोही प्रकरणमा नाम मुछिएका खेम पुनलाई भने निलम्बन गरिएको छैन ।

यसो त घुस डिल प्रकरणमा नाम मुछिएपछि पार्टीले लामालाई स्पष्टिकरणसमेत सोधेको थियो । तर, जवाफ चित्त बुझ्दो नभएपछि निलम्बन गरिएको पार्टीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK