काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।
उनले कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने गरी अहिले बाफिया ड्राफ्ट भइरहेको बताए ।
यसले आम नागरिकबीच चर्चा कमाए पनि आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग नपुग्ने ढकालले जिकिर गरेका छन् । ‘यस्ता चिजहरु आम पब्लिकमा पपुलर हुने हिसाबले कानूनहरुमा यस्ता इस्युहरु आउँछन्, यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्दछ ।’, उनले भने, ‘आत्मनिर्भर अर्थतन्त्र बनाउन सपोर्ट गर्दैन । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरु छ, वास्तवमा त्यो नातेदार भन्दा बाहिरको छैन होला ।’
त्यस्तै, अध्यक्ष ढकालले भएका उद्योग धन्दा बन्द गर्नेतर्फ लाग्न नहुनेमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्