Skip to content
LAXMI SUNRISE BANK

आजै आउँदै कक्षा १२ को नतिजा, अन्तिम तयारीमा परीक्षा बोर्ड !

अर्थ सरोकार

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । नतिजा सार्वजनिक गर्ने सबै तयारी सकेको राष्ट्रिय परीक्षा बोर्डले नतिजा आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको हो ।

नतिजा सार्वजनिक गर्नका लागि आज साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । अन्यथा नभए बैठकपछि नतिजा सार्वजनिक गरिने बोर्ड स्रोतका दाबी छ ।

यसो त कक्षा १२ को परीक्षा साउन १५ भित्रै सार्वजनिक भइसक्नुपर्ने हो । तर, शिक्षक आन्दोलनका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको थियो । नतिजा आजै सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि सुरु भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK