काठमाडौँ । भित्ता भरी झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन दरवार स्क्वायर नजिकैको ‘सौगा हिटी’ रोटरी न्यातपोलाको अग्रसरतामा सरसफाइ र रङरोगन गरिएको छ ।
ललितपुर महानगरपालिका प्रहरी, सौगाल टोल सुधार समिति र मङ्गलबजार प्रहरी चौकीको सहकार्य तथा रोटरी न्यातपोलका प्रविन महर्जनको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
‘हिटीमा करिब ३ फिट पानी जमेको थियो’, महर्जनले भने, ‘पहिलो चरणमा हिटीको पानी निकालियो, स्टील ब्रस र प्रेसरपम्पले सफा गरेपछि हिटी रङ्गरोगन गरिएको हो । आवश्यक रङ केएनपी नेरोल्याकले सहयोग गरेको थियो ।’
यो केवल सफाइ मात्र नभई सांस्कृतिक सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र संस्कृतिक सम्पदा संरक्षण गर्ने अभियान रहेको क्लबका अध्यक्ष बिष्णुकान्त घिमिरेले बताए ।
अध्यक्ष घिमिरेले भने, ‘यस वर्ष हामीले सांस्कृतिक सम्पदा संरक्षण, बालबालिका लक्षित सहयोग र किसानसँग सहकार्य गर्ने गरी विभिन्न योजना बनाएका छौँ, सौगा हिटी सरसफाइबाट यसको सुरुआत भएको छ ।’
रोटरी न्यातपोलको योजनामा आफ्ना पुर्खाले सिर्जेको सम्पदा संरक्षणको हिस्सा बन्न पाउँदा खुसी लागेको ललितपुर नगर प्रहरीका प्रमुख सिताराम हाछेथुले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्