काठमाडौँ । नेपाली काँग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने भन्दै टिप्पणी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद थापाले यस्तो बताएका हुन् ।
उनले अहिले नेकपा एमाले र काङ्ग्रेसलाई सबै दोष लगाएर ‘म नै राम्रो हुँ’ भन्ने पार्टीहरु विकास भएको पनि उल्लेख गरेका छन् । नेपालमा कुनै पार्टी र राजनीतिक नेतृत्व पानी माथिको ओभानो नरहेको उनको टिप्पणी छ ।
‘जेल भनेको त ससुराली गएको होइन नि । ढोका टालेको छ, झ्याल टालेको छ । जेल त हामी पनि बसेका हौँ नि ।’, उनले भने, ‘खड्गप्रसाद ओली १४ वर्ष कालकोठरीमा बस्नुभयो । अनि तिनीहरु चोर हुने, अहिले ठग चाहिँ असल हुने ?’
मंगलबार सिंहदरबारमा नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरुलाई बोलाएर हस्ताक्षर गराएका छन् । कारणबारे भने खुलाइएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्