×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस लिने मेयरविरुद्द भ्रष्टाचार मुद्दा दायर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घुस लिने मेयरविरुद्द भ्रष्टाचार मुद्दा दायर

Artha Sarokar

२३ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । घुस लिएको आरोपमा सिरहाको कल्यापुर नगरपालिकाका मेयरविरुद्द भ्रष्टाचार मुद्दा दायर भएको छ । एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनले नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको विभागले दावी गरेको छ ।

शुक्रबार मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको विभागले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी