Skip to content
LAXMI SUNRISE BANK

‘भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो भयो’- सांसद गौतम

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले नेपालमा भ्रष्टाचार नै नेपालको संस्कृतिजस्तो भएको बताएका छन् । सार्वजानिक लेखा समितिको बैठकमा भएको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका छन् । 

उनले हाम्रो अहिलेको प्रणाली नै भ्रष्ट भएको बताएका छन् । भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो विकास भएको उनको भनाई छ । उनले भ्रष्टाचार अन्त्य गर्न मुलुकलाई पेपरलेस र फेसलेस प्रणालीमा लैजानुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, सांसद गौतमले प्रविधिको प्रयोग गरेर देशलाई पेपरलेस र फेसलेस प्रणालीमा नलगेसम्म भ्रष्टाचार अन्त्य नहुने दाबी गरेका छन् । हाल पारदर्शिता नै सबैभन्दा ठूलो समस्या रहेको र त्यो नै भ्रष्टाचारको मूल कारण रहेको उनको भनाई छ । 

सार्वजानिक लेखा समितिले पनि सरकारलाई पेपरलेस र फेसलेस सिष्टममा मुलुकलाई लैजान तत्काल निर्देशन दिनुपर्ने उनले आवश्यकता औँल्याएका छन् । बैठकमा सांसद गौतमले बेरुजु फर्छ्यौटलाई सबै मिलेर तिव्रता दिनुपर्ने पनि जोड दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK