काठमाडौँ । दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ७५ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी ९५ लाख ७३ हजार ७०९ रुपैयाँ राजस्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिए ।
कार्यालयले लक्ष्य भन्दा १९ लाख ९९ हजार ७०९ रुपैयाँ बढी राजस्व संकलन गरेको हो । सबैभन्दा बढी बैशाख महिना र सबैभन्दा कम साउन महिनामा राजस्व संकलन गरिएको छ । आर्थिक वर्षको सुरुमा साउन महिनामा २ लाख ८९ हजार ८९२ रुपैयाँ राजस्व रकम संकलन गरिएको छ ।
भदौ महिनामा ३ लाख ७३ हजार २७८ रुपैयाँ, असोज महिनामा ४ लाख २० हजार ३८३ रुपैयाँ, कात्तिक महिनामा ५ लाख ६६ हजार ५८३ रुपैयाँ, मंसिर महिनामा ४ लाख ३७ हजार ९५२ रुपैयाँ, पुष महिनामा ३ लाख १० हजार ७७४ रुपैयाँ, माघ महिनामा २ लाख ९४ हजार ४०३ रुपैयाँ, फागुन महिनामा ४ लाख ७६ हजार ४१३ रुपैयाँ र चैत महिनामा ११ लाख १३ हजार ६६९ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
त्यस्तै, बैशाख महिनामा १९ लाख ५ हजार ९०२ रुपैयाँ, जेठ महिनामा १७ लाख ९९ हजार ९२९ रुपैयाँ र असार महिनामा १५ लाख ८४ हजार ५३१ रुपैयाँ राजस्व संकलन गरिएको कार्यालय प्रमुख मानन्धरले बताए ।
दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ५९ लाख २९ हजार ९३५ रुपैयाँ राजस्व सकलन गरेको थियो । पछिल्ला वर्षमा भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्