काठमाडौँ । सिवाईसी लघुवित्तको खुद नाफा ह्वात्तै बढेको छ । लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा २०८.४४ प्रतिशतले बढेको हो । यस अवधिमा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ करोड ८० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.२९ प्रतिशतले बढेको छ भने खुद सञ्चालन आम्दानी ४९ करोड ९४ लाख पुगेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन खर्च पनि बढेर ३३ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खराब कर्जा अनुपात ४.९५ प्रतिशतबाट घटेर ४.५४ प्रतिशत पुगेको छ । लघुवित्तको इम्पेयरमेन्ट चार्जमा २ करोड २ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ४४.०९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २७७.१७ रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ । लघुवित्तले यस अवधिमा २ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।