काठमाडौँ । प्रभु बैंक र माछापुच्छ्रे पोलीक्लिनिकबीच छुट सम्झौता भएको छ । पोखरा महानगरपालिका, वडा नं २७, तालचोकस्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकका स्वास्थ्य सेवा सुविधामा बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त पोलीक्लिनिकमा प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५ प्रतिशत देखी २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
छुट सम्बन्धि सम्झौतापत्रमा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि का तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ ।