काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसिआईएफ) अन्तर्गतको डिस्ट्रिक्स ३२५ एफको पहिलो क्याबिनेट बैठक सम्पन्न भएको छ । शनिबार काठमाडौँको बुढानिलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा बैठक सम्पन्न भएको हो ।
बैठकमा २०२५-२०२६ का डिष्ट्रिक्स गभर्नर लायन केशर बहादुर भण्डारीको ‘वर्किङ टुगेदर’ (सँगसगै काम गरौं) भन्ने नारालाई साकार पार्न डिष्ट्रिक्स ३२५ एफमा आबद्ध १०६ वटा क्लबका दुई हजार भन्दा बढी लायन्स सदस्यहरुलाई सेवाको भावनालाई प्रभावकारी ढंगले अगाडि बनाउन प्रोत्साहन स्वरुप सर्भिस बैंकको अवधारणा अगाडि सारिएको छ । डिष्ट्रिक्स ३२५ एफले लायन वर्ष २०२५-२०२६ सुरु हुनु भन्दा एक महिना अगाडि नै गोदावरी रिसोर्टमा रोमान्चकारी फेलोसिप सहित २ दिने अफिसर्स ट्रेनिङ गरिसकेको छ । त्यस्तै, इन्द्रेणी स्वीट होटलमा एकदिवसीय पीभिएसटी ट्रेनिङ पनि सम्पन्न गरिसकेको छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा श्रीलंकामा डिष्ट्रिक्स मिसन १५ को बैठक तथा अमेरिकाको ओरान्डोमा अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिएर डिष्ट्रिक्स गर्भनर, पूर्वगर्भनरहरुद्वारा समेत नेपाल फर्किसकेका छन् ।
यसैबीच शनिबार सम्पन्न भएको पहिलो क्याबिनेट बैठकमा सेवाको भावना लिएर उत्कृष्ट कार्य गर्ने लायन्स क्लबहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत मंथ्ली अवार्ड, एयर्ली अवार्ड, समयमा नै अन्तर्राष्ट्रिय डिउज बुझाउने क्लबहरुलाई समेत सम्मान गरिएको थियो ।

बैठकमा काठमाडौँ लायन्स क्लब अफ ड्रिमका चार्टर्ड प्रेसिडेन्ट भुवन भण्डारी मन्थ्ली अवार्डबाट सम्मानित भएका छन् भने र लायन्स क्लब अफ ड्रिमलाई सुपर प्लाटिनम अवार्ड प्रदान गरिएको छ । अवार्ड डिष्ट्रिक्स गभर्नर लायन केशर बहादुर भण्डारीले प्रदान गरेका थिए भने क्लबका तर्फबाट प्रेसिडेन्ट भुवन भण्डारीले ग्रहण गरेका थिए । अवार्ड ग्रहण गर्दै भण्डारीले सफलता पुरस्कारमा नभएर सेवामा मापन गरिने बताएका छन् । त्यस्तै, उनले जितका लागि एक्लै दौडिनुपर्ने तर इतिहास रच्नका लागि सामूहिक रुपमा दौडिनुपर्ने धारणा राख्दै ‘लिड टु सर्भ, सर्भ टु लिड’ भन्ने नाराका साथ डिस्ट्रिक्स ३२५ एफ नेपाल अन्तर्गत सामूहिक प्रयासले २०२५/२०२६ लाई सबैभन्दा उत्कृष्ट लायन वर्षका रुपमा स्थापित गर्न सकिने बताएका छन् ।
त्यस्तै, बैठकमा सुपर प्याटेनियम अवार्डबाट ५१ वटा क्लब सम्मानित भएका छन् भने प्लाटेनियम अवार्डबाट २२ वटा क्लब र सुपर डायमण्ड अवार्डबाट २ वटा क्लबहरु सम्मानित भएका छन् । त्यस्तै, लायन वर्ष २०२५-२०२६ को सुरुको महिनामै ओरान्डो समिटमा १५ वटा नयाँ क्लब स्थापना गर्न सफल भएपछि अमेरिकाको अन्तर्राष्ट्रिय सेमिनारमा समेत डिष्ट्रिक्स ३२५ एफका गभर्नर लायन केशरबहादुर भण्डारी अन्तर्राष्ट्रिय लायनिज्ममा चर्चाको शिखरमा पुगेका थिए । लायन वर्ष २०२५-२०२६ को सुरु महिनामै डिष्ट्रिक्स ३२५ एफले सर्भिसका थुप्रै कामहरु गरेको छ । अन्तर्राष्ट्रिय एफजेएफ डिष्ट्रिक्स ३२५ एफका सदस्य क्लबहरु १६ वटाले एमजेएफ कन्ट्रिब्युसनमा १२७१० अमेरिकी डलर जम्मा गर्न सफल भएका छन् ।

लायन वर्ष २०२५-२०२६ को नयाँ कार्यक्रम अन्तर्गत सर्भिस बैंकमा २८ क्लबहरुले २ लाख ५३ हजार जम्मा गरिसकेको नेपाल लायन फाउण्डेशनमा २२ जना लायन्स लिडरहरुले १,१२,००० रकम डेनेशन गरिसकेको डिष्ट्रिक्स ३२५ एफ अन्तर्गत ३० वटा जोन चियर पर्सनले पहिलो जोन बैठक गरिसकेको लायन वर्ष २०२५-२०२६ गएका वर्षभन्दा निकै सफल हुने देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्